Indrenionline.com

एमालेको विवाद जिल्ला कमिटि बैठकबाट समाधान

घोराही । नेकपा एमाले दाङमा देखिएको बिभाजनलाई जिल्ला कमिटिको बैठकबाट समाधान गरिने भएको छ । पार्टी जिल्ला अध्यक्ष जोखबहादुर राना र सचिब हुकुमबहादुर बस्नेतको पक्ष बिपक्षमा देखिएको बिभाजनलाई अन्त्य गर्दै जिल्ला कमिटीको बैठकबाट समस्या समाधान गरिने भएको हो । अध्यक्ष राना र सचिब बस्नेतले आज पार्टी कार्यालय भरतपुरमा पत्रकार सम्मेलन गरि लामो समय देखी पार्टीमा देखिएको बिभाजन अब नरहेको बताएका छन् ।

यस अघि पार्टी अध्यक्ष राना जिल्ला कमिटी चलाउन असक्षम भएको भन्दै सचिब बस्नेतले आफुलाई कार्यबहाक अध्यक्ष घोषणा गरि गुटको सृजना गरेका थिए । उक्त कार्यले पार्टीलाई कमजोर बनाउदै गएको भन्दै बस्नेत समुहले आपसी छलफल र सम्बादबाट पार्टीलाई एक ढिक्का बनाउन आफुहरु एक भएको सोमबार एक  बिज्ञप्ती जारी गरेर उल्लेख गरेका थिए । यस्तै एमाले दाङको १२ औँ अधिबेशन आगामी भदौ २५ देखी २७ गते सम्म हुने भएको छ । उक्त अधिबेशनलाई सफल बनाउन सबै पक्ष जुट्ने र सहयोग गर्न पनि अध्यक्ष राना र सचिब बस्नेतले सबैलाई आग्रह गरेका छन् ।