जाजरकोट, ८ बैशाख
जाजरकोटकी एक महिला रोग पहिचान हुन नसक्दा काठमाडौंको अस्पताल विर अस्पतालमा रोगसँग लडिरहनु भएको छ । आर्थिक अभावमा स्वास्थ्य जाँच हुन नसकेपछि बिरामी महिलाले अस्पतालको सैयामा छट्पटाइ रहनु परेको हो ।

घरमै चार महिना थला परिसकेकी मुनकाँरा दुई वर्षकी छोरी काखमा च्यापेर वीर अस्पतालको सैयामा उपचारको पर्खाइमा छटपटाइ रहनु भएको छ । पेट दुख्ने, पेट फुल्ने मुनकाँराका बाहिरी लक्षण हुन् ।
अस्पतालले क्यान्सर अथवा टिबि लागेको हुन सक्ने भने पनि पत्ता लगाउन अझै नसकिएको भनेको मुनकाँराका श्रीमान बिटालु बताउनुहुन्छ । ५ सन्तान भएका बिटालु दम्पत्तिलाई घरमा रहेका ४ छोराछोरी भोकभोकै पर्न थालेको चिन्ताले पनि थप सताउन थालेको छ ।।