काठमाडौं, २५ साउन । पार्टीबाट मन्त्री बन्नेको टुंगो लगाउन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
माओवादीको भागमा स्थानीय विकास, ऊर्जा सूचना तथा सञ्चार, कानुन, र शिक्षा मन्त्रालय भागमा परेको छ । माओवादीले यसअघि दलजित बिके श्रीपालीलाई युवा तथा खेलकुद, गौरी शंकर चौधरीलाई कृषि विकास मन्त्रीको जिम्मेवारी दिइसकेको छ ।