इन्द्रेणी संवाददाता
बैशाख ८ रोल्पा
नेपाल पर्यटन पत्रकार समूह रोल्पा शाखाको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले बिभिन्न एजेन्डामाथि छलफल गरि निर्णय पारित गरेको छ ।

जिल्लाको पर्यटन गुरुयोजना निर्माणका लागि समबन्धीत सबै निकायसँग छलफल गर्ने निर्णय समेत गरेको बैठकले शाखा सल्लाहकारका लागि नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सदस्य काँशिराम डाँगी, पुर्वअध्यक्ष खेम बुढा, निवर्तमान अध्यक्ष मौसम रोका बर्तमान अध्यक्ष महेश न्यौपानेलाई सल्लाकार चयन गरेको छ ।।