इन्द्रेणी संवाददाता
घोराही, ८ बैशाख
जिल्ला भुमि अधिकार मञ्च दाङले जिल्लाका अग्निपिडितलाई समान किसीमले राहत बितरण गर्न आग्रह गरेको छ । मञ्चका अध्यक्ष निर्मला बिकले एक प्रेस विज्ञप्ती जारी गरि देउखुरी क्षेत्रका अग्नि पिडितलाई समानरुपले राहत बितरण गर्न आग्रह गर्नुभएको हो ।

क्षति भए अनुसार र आबस्यकतालाई मध्यनजर गर्दै एक द्धार प्रणालीबाट राहत बितरण भए मात्रै पिडितहरुले राहतको महशुस गर्न सक्ने भएकाले यस बिषयमा गम्भिर ध्यान दिन आग्रह गर्दछौ बिज्ञप्तीमा भनिएको छ । राहत वितरण गर्ने संघ संस्थाहरुले मनपरिरुपमा वितरण गरेको देखिएको भन्दै मञ्चले त्यसमा स्थानिय प्रशासनको समन्वय अति आबस्यक रहेको बताएको छ ।।