खानेपानीको पुनः निर्माण तथा क्षमता बिस्तारका भएमा २४ अै घण्टा स्वच्छ खानेपानी उलब्ध गराउन् सकिने तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाले जनाएको छ । तुलसीपुर क्षेत्रमा खानेपानीको सहज आपुर्ति कसरी गर्न सकिन्छ भन्ने बिषयमा आईतबार छलफल तथा अन्तरक्रिया भएको हो । खानेपानी तथा ढल निकास बिभाग र तुलसीपुर तेस्रो साना सहरी खानेपानी तथा सरसफाई उपभोक्त संस्थाले २ बर्ष अघि सर्बे गरेको तुलसीपुर खानेपानीको अबस्था, सम्भाबना , चुनौतिका बारेमा तयारी गरेको एक प्रतिबेदन पनि प्रस्तुत गरिएको थियो ।
जस्मा तुलसीपुर क्षेत्रको लागि २४ अै घण्टा खानेपानीको सहज आपुर्ति र गुणस्तरिय खानेपानी पु¥याउन यहाँका खानेपानीको अबस्थाका बरेमा अध्ययन गरी त्यहि अनुसार मर्मत सम्भारको योजनालाई अगाडि बढाउन अन्तरक्रिया गरिएको बिभागका उप निर्देशक केबशराज बिष्टले जानकारी दिए ।
तुलसीपुरको खानेपानीको क्षमता बृद्धि तथा मर्मत सम्भारका लागि एक बर्ष भित्र बिभागले बजेट बिनियोजन गर्ने बिभागका उपनिर्देशक बिष्टले जानकारी दिए । उनले भने ‘ अबको सन २०१७ मा तुलसीपुरमा खानेपानीको मर्मत तथा क्षमता बृद्धिको योजन पर्छ । ’ तुलसीपुरको खानेपानीको क्षमता बृद्धि तथा मर्मतका लागि ६३ कारोड ११ लाख ९ हजार ८ सय ६२ लाग्ने अनुमान गरिएको छ ।
बिष्टका अनुसार तुलसीपुरमा खानेपानीको सहजै आपुर्तिका लागि बबई खोलाको पानी पम्प गर्नु पर्ने र हाईड्याम्पको कामलाई छिटै सम्पन्न गर्नु पर्ने आबश्यक देखिएको छ । अन्य सहभागीहरुले पनि तुलसीपुरमा चुनौतिका रुपमा देखिएको खानेपानी समस्यालाई समाधान गर्न हाईड्याम्पको कामलाई छिटै सम्पन्न गर्नु पर्ने सुझाब दिएका थिए । बर्षायाममा आकाशबाट झरेको पानीलाई जम्मा गरेर हिउदमा बितरण गर्न सक्ने हो भने पनि तुलसीपुरमा खानेपानीको आपुर्तिमा केही सहज आउने उनको भनाई थियो ।
अहिले तुलसीपुर खानेपानीका करिब ६३ हजार ९३ उपभोक्त छन । जसबाट ६५ लिटर प्रति सेकेन्ड , अथार्त ३० लाख लिटर प्रतिदिन पानी खपत हुदै आएको तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीले जानकारी दिए । उनका अनुसार तुलसीपुरमा अहिले सम्म ५ हजार ४ सय घर घरमा धारा जडान भएका छन् । केही घरमा अझै धारा जडानको प्रक्रिया चलिरहेको वलीले जानकारी दिए । अहिले तुलसीपुरमा बितरण भईरहेको पानीको क्षमता ५६ लिटर पर सेकेन्ड रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
साथै तुलसीपुरमा बसाईसराई गरी आउने तथा अन्य बिभिन्न कारणले खानेपानीका उपभोक्ता बढेकाले खानेपानीको मागमा बृद्धि हुने प्रतिबेदनमा उल्लेख गरिएको छ । प्रतिबेदनका आधारमा सन २०२२ सम्म उपभोक्तको संख्या ७९ हजार ७७ पुग्ने अनुमान गरिएको छ , जस्ले पानीको माग माग १०९.२ लिटर प्रतिसेकेन्ड अर्थात ९४ लाख ३३ हजार ३७ को लिटर प्रतिदिन पुग्ने प्रतिबेदनमा उल्लेख छ । त्यस्तै सन २०३० मा तुलसीपुरमा पानीको उपभोक्ता संख्या १ लाख २ हजार ५ सय २५ पुग्ने अनुमान छ , जस्बाट पानीको माग माग १५० दशमलब ३ लिटर प्रतिसेकेन्ड अर्थात १ कारेड २९ लाख ८९ हजार २ सय २९ हुन जाने प्रतिबेदनमा उल्लेख छ ।
यसरी पानीको माग बर्षेनी बढ्दै जाने भएकाले पानी आपुर्तिलाई सहज बनाउन हाईड्याम्प तथा पम्पिङ्को अबधारणलाई अगाडि सार्नुपर्ने सहभागीहरुको भनाई थियो । कार्यक्रममा तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष वलीले तुलसीपुरको खानेपानी मर्मतका लागि छिटै बजेट छुट्याउने बिश्वास ब्यक्त गरे । सबै भन्दा अतिआबश्यक खानेपानी भएकाले पनि माग धेरै आएको र सबै उपभोक्तालाई पु¥याउन सकस परिरहेको उनले बताए ।
तुलसीपुरमा हाईड्याम्प निर्माण्को प्रक्रिया अगाडि बढि सकेको र छिटै यो समस्या समाधान हुने पनि बिश्वास ब्यक्त गरे । अहिले तुलसीपुरको पातुखोलामा हाईड्याम्पका लागि प्रहरी अगाडि बढाईएको वलीको भनाई छ ।
जस्का लागि खानेपानी बिभाग तथा तुलसीपुर खानेपानी लगायतका संस्थाले पहल थालिरहेको वलीले बताए । तुलसीपुर खानेपानी संस्थाका अध्यक्ष खेमराज वलीको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी बिभागका उप निर्देशक केशबराज बिष्ट , बिभागका टिम लिडर हरि प्रसाद ढकालल, नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण खानेपानी संस्था तुलसीपुरका सचिब दिपक धितालले गरेका थिए ।