गोविन्द खड्का
घोराही, ८ बैशाख
चार बर्ष भित्रै जिल्लालाई पुर्ण सरसफाइ युक्त घोषणा गर्न दाङका नपा र गाविस प्रमुखहरुले प्रतिबद्धता जनाएका छन् । उनिहरुले मंगलवार सम्पन्न गोष्ठि बाट २०७६ साल भित्र पुर्ण सफा गर्ने लक्ष्य किटान गरेका हुन् ।त्यस अनुसार बैशाख बीस गते सम्म नपा र गाविसका समन्वय समिति भित्र बाट कार्यदल बनाई सक्ने भएका छन् । कार्यदलले असार २० गते सम्म कार्ययोजना तयार गर्ने छ । त्यसका आधारमा नपा र गाविसलाई सरसफाइ घोषणा गर्ने भएका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख जगन्नाथ पुर्वेको अध्यक्षतामा भएको समापन कार्यक्रमको सहजीकरण ईञ्जिनियर एवं जिल्ला सरसफाइ फोकल पर्सन तिलक न्यौपानेले गर्नुभएको थियो । चार नगरपालिका र ३१ गाविसका कार्यकारी अधिकृत एवं सचिवहरुको उपस्थिति रहेकोको कार्यक्रममा खानेपानी तथा ढलनिकास विभागका समाज शास्त्री कमल अधिकारी, संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका पुर्व सहसचिव रमेश अधिकारी लगाएतले प्रशिक्षण दिनुभएको थियो ।।