प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिपरिषद विस्तार र सरकारले लागू गर्ने साझा कार्यक्रमका विषयमा छलफल भएको थियो ।