Indrenionline.com

गायिका रीता केसीलाई कतारमा भव्य सम्मान

दोहा, २४ साउन । दाङ देउखुरी सेवा समाज कतारद्वारा चर्चित लोकगायिका एवं दङ्गाली चेली रीता केसीलाई एक कार्यक्रम बीच भव्य साम्मान गरिएको छ । समाजका अध्यक्ष सुर्य सुवेदीको सभापतित्व एवं संस्थाका आजिवन सदस्य एवं दङ्गाली ब्याबसायी हरि रिजालको प्रमुख आथित्यमा सम्पन्न सम्मान कार्यक्रममा बोल्दै रिजालले कला र संसकृतीलाई जगेर्ना गर्ने प्रमुख दायित्वबाट हामी पन्छिनु नहुने बताउदै रिजालले भने, “कलाकार राष्ट्रियता जोगाउने संवाहक हुन् र सभ्य सस्कृतीको जगेर्ना गर्ने हामी सबै को दायित्व हो । राष्ट्रियता बलियो नरहे सम्म विश्वमै अपहेलित हुनु पर्ने छ भन्ने तर्फ हामी यूवा सचेत रहनै पर्छ ।”

कार्यक्रममा बोल्दै गायिका केसीले आफुले पाएको यो स्वागत र सम्मान आफ्नो मात्र नभई सम्पुर्ण दाङ्गाली  बासी र समग्र कलाकारीताको सम्मान भएको बाताउदै खुशी व्यक्त गरिन । प्रसन्न मुद्रामा  देखिएकी केसीले प्रदेशमा बसेर पनि आफु लगाएत नेपाली कलाकारहरुलाई सम्मान गर्दै नेपाली सस्कार र सस्कृतीलाई न्यानो माया दिएकोमा धन्यवाद व्यक्त गरिन । संस्थाका उपाध्यक्ष वसन्त राज पुरीको स्वागत कार्यक्रम बाट सरुवात भएको कार्यक्रमको सहजीकरण महासचिव लिलामणी लामिछानेले गरेका थिए ।

दाङ देउखुरी सेवा सामाजका सास्कृतिक संयोजक सरद पाण्डे एवं सस्थाका वरिष्ठ सल्लाहकार गणेश प्रसाद बन्जाडे लगएतका वक्ताहरुले गायिका केसीको सांगीतिक यात्राको सफलताको कामना गर्दै दाङ देउखुरी समाजले नेपालबाट आउने दङ्गाली लगाएत अन्य राष्ट्रिय कलाकारहरुलाई सम्मान गर्ने परम्परा राहेकोमा खुशी व्यक्त गरेका थिए ।

संस्थाका प्रमुख सल्लाहकार लुमाकन्त पुन, बसन्त फिल्म प्रालिका म्यानिजिङ्ग डाइरेक्टर ईश्वर काफ्ले, दृतिय उपाध्यक्ष हेम बस्नेत, यूवा व्यवसायी एवं पत्रकार दिपजङ्ग शाह, चर्चित लोक गायक गोपिकृष्ण पंगेनी लगाएतका व्यक्तित्त्वहरु अतिथी रहेको कार्यक्रममा सस्थाका केन्द्रिय पधादिकारीहरु लगाएत दाङ बासीको बाक्लो उपस्थिती रहेको थियो ।

नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको निमन्त्रणामा दोहा पुगेकी केसि संस्थाद्वारा आयोजित सांस्कृतिक कार्यक्रमकाे मुख्य आकर्षक थिइन । कार्यक्रमको समापन गर्दै सस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति सुर्य सुवेदिले गायीका केसीको कला र गलाको उच्च प्रसम्सा गर्दै अगामी दिनको सांगेतिक यात्रामा हामी सबै सधैं साथ रहेको बताउदै नमस्ते नेपाल हातेमालो समाजिक सस्था एवं बसन्त फिल्म प्रालिलाई यो अवसर जुराइदिएकोमा विशेष धन्यवाद व्यक्त गरे ।