Indrenionline.com

रोल्पा उवामा पहिरै पहिरो

रोल्पा, २४ साउन
केहि दिन पहिलेको अविरल वर्षाका कारण रोल्पाको उवामा पहिरोको जोखिम वढेको छ । अविरल वर्षापछि कमजोर वनेको जमिनका कारण वस्ती माथिवाट र मुनिबाट पहिरो गएको छ ।css

गाउँमा पहिरो गएपछि गाउँ नै जोखिममा परेको हो । उवामा यसअघि पहिरोले घर वगाउँदा एके घरका ४ जनाको मृत्यु भएको थियो ।
यसैविच, पहिरोका कारण त्यहाँका केही घरपरिवार विस्थापित भएको खवर छ ।।