Indrenionline.com

हरियो साउन – प्रेम र पवित्रताको प्रतिक

kusum
कुसुम बिक / बर्दिया

साउन महिना लागे संगै गाँउघर तथा शहरमा महिला तथा युवतिहरुको चहलपहल बढन थालेको छ । हरियो साडी , चुरा र मेहन्दी लगाएर महिलाहरु तिजलाई स्वागत गर्न तयार भएजस्तो देखिन्छन । साउन भित्रिएसंगै चुरा ,मेहन्दी र साडीको व्यापार बढेको व्यवसायीहरु बताउछन ।  खेतबारीको काम सकेपछि सुरु भएको २०७३ सालको साउन महिनामा पनि महिला दिदि बहिनी,आमा, भाउजु र अन्टीहरुका हातमा हरियो चुरा र मेहन्दी लगाइएको देखन पाइन्छ ।

 नेपाली संस्कृति अनुसार साउन १ गते देखि नै विधिवत् रुपमा लुतो फालेपछि सुरु हुने साउन महिनामा हातमा मेहेन्दी ,चुरा र सोमबारे ब्रत बस्ने परम्परा पनि रहिआएको छ । यो महिनामा महिलाहरु लसुन,प्याज माछा मासु  नखाएर सोमबारे ब्रत पनि बस्ने गरेका छन  । विवाहितले श्रीमानको स्वस्थ्य दीघार्यु लाभको कामना सहित घरको सुखशान्ति लागि बस्ने गरेका हुन्छन् भन्ने अविवाहित चाही योग्य श्रीमान मिलोस भन्ने उदेश्यले भगवान शिवको पूजा आराभान गरी साउन महिनामा सोमबारको ब्रर्त बसी भगवान शिवको पूजा आराधना गरी ब्रर्त बसेका महिलाहरु बताउछन ।

यो साउन महिनामा चारैतिर हरियो हुदा प्रकृति संग लुकामारी गर्न पाउदा नदिताल हरु भरिभराउ हुदा त लाग्छ नेपाल जस्तो रमणिय ठाऊ अन्त कतै छैन् । भनाइमा पनि भन्ने गरिन्छ ,नि हरियो वन नेपालको धन भनेर त्यसैले साउन महिना आफैमा सुन्दर महिना हो अझै यस महिनामा राता ,पहेला र हरिया चुरा अनि हातभरि गाडा मेहेन्दीको छाप लगाएका दिदि बहिनी आमा भाउजु फुपु अन्टी हरुको मठ मन्दिरमा भगवान शिवको पूजाका लागी भिड नै लाग्ने गर्छ । जसको हातमा गाडा मेहन्दी लाग्छ । उसलाई सधै उसको श्रीमानले माया गर्ने भनेको सोचेको कुरा पुरा हुर्ने साथै भाग्यमानी छे भन्ने गरेको बुढापाकाको मुखबाट सुनिन्छ ।

कतिजनालाई थाहा होला यो साउन महिना बर्षा,प्रेम र झरीको एउटा संगम अनि मिलनको पाटो हो । यो साउन महिना बषौ दिनमा भेट भएको प्रेमका युगल जोडीको भेट भयो जस्तो गरी यहि माध्यम बाट बर्षा र झरी को भेट हुन्छ ।यो साउन महिनामा खिर खाने ,नागपञ्चमि जस्ता पर्व पनि यसै महिनामा पर्ने भएकाले र नागपञ्चमि देखि नेपाली महिला दिदिहरुको महान् चाड हरितालिका तिज पर्वको नाचगान गाउघरमा सुरु हुने भएकाले पनि यो महिना सबैका लागि रमाइलो साउन महिना बनेको छ ।

यस्तै स्कुलले भाइबहिनी र खेतिकिसानी गर्ने कृषकहरुका लागि पनि यो महिना थकाइ मार्ने महिना बनेको हुन्छ । यो साउन महिनाको बर्षे बिदामा घरमा बस्न पाउनु बाबा आमा संग घुम्न जान पाउनु गृहकार्य गर्न पाउनु साथीभाइ संग भेटघाट हुनु मामाघर जान पाउने भइकाले र खोला नदीमा पानी बहाप बढ्नु निकै रमाइलो महिना लाग्छ महिना भनेर शिवपुर गाविस वडा न ४ श्री जनता निम्न मा.वि कक्षा ६ मा अध्ययनरत छात्र रमेश सुनार बताउनु हुन्छ । यो फुर्सदियो अनि रमालो साउन महिना हाम्रा लागि मात्र लागि होइन् चरीचरनका लागि गाईबस्तु र बस्तुभाउका लागी राम्रो संग हरियो घासं खान पाउने महिना पनि हो ।अघिपछि वन जङ्गलमा चरनका लागि ल्याउदा चराउन घास काटेर बस्तुभाउ लाइ खुवाउन गाह्रो हुने तर आजभोलीको यो समयमा सजिलो हुने कृषक शिवपुर गाविस तुल्सीपूरका उदय बहादुर सुनार बताउनु हुन्छ ।

यता यो रमाइलो सुन्दर साउन महिनामा बजारतिर पनि निकै भिडभाड हुने गर्छ ।अघिपछि दिन भन्दा साउन महिनामा हरिया चुरा र मेहेन्दी लगाउने ग्राहकको निकै घुइचो हुने गर्छ भन्नु हुन्छ । बबइ नगरपालिका भुरीगाउंमा कोपीला पार्लर का कोपीला पन्थ,,,,,साउन महिनाले बच्चा देखि दिदि,भाउजु,आमा लगाएत सबै महिला दिदि बहिनी छोएको हुन्छ । साथै सोमबारे ब्रर्तले पनि ,,यो बेला अरु बेला भन्दा यो सिजनमा फेसियल गर्ने(राम्री बन्ने )हातमा मेहेन्दी लगाउने को घुइचोले बैशाख,जेष्ठ र असार भन्दा यो साउन महिनामा व्यापार निकै हुने ब्युटीसियन पन्थले बताउनु हुन्छ ।साथै यसै महिना लागे देखि अब चाडपर्व नजिकिदै आउनु भएकाले व्यापार हुन्छ ।

पौराणिक मान्यता अनुसार यो महिना देवता महादेव शंखर अर्थात शिवको महिनाका रुपमा लिइन्छ । हिमालयन पार्वतीले पनि यो साउन महिना भरी निराहार रहि कठोर ब्रत बसेर भगवान शिवलाइ प्राप्त गरेकी हुनाले भगवान शिवलाई यो महिनालाई विशेष मान्ने पूजा आराधना गर्ने हुनाले त्यसै सन्देशका आधारमा यो महिनामा महिला दिदिबहिनीले यो साउन महिना विशेष पर्वका रुपमा आफूलाइ निराहार ब्रत बसि शिवको प्रसादको रुपमा हातमा हरियो चुरा लगाउने,हातमा मेहन्दी लगाउने र हरियो बस्क्र (हरियो कपडा ) समेत लगाउने गरिन्छ । यो साउन महिनाको सोमबार का दिन बर्दियाको ठाकुरद्वाराको ठाकुरबाबा मन्दिर,कर्णाली चिसापानी र बर्दियाको सिमा क्षेत्रमा रहेको शिव मन्दिर ,महेन्द्ररार्जको बबई नगरपालिका अन्तरगर्त बबई पुलमा रहेको शिव मन्दिर बर्दियाको ताराताल सानोश्रीमा रहेको शिव मन्दिर,कोठीयाघाट कर्णाली गेरुवा पुलमा रेहेको शिव मन्दिर ,सदरमुकाम गुलरियाका रहेका कोटही र बागेश्वरी मन्दिर लगाएत देशभरका शिवलायहरुमा सोमबार का दिन भक्तजनहरुको निकै ठूलो भिड लाग्ने गर्दछ ।

वास्तवमा यो साउन महिना हरियो रंग प्रेम र वातावरणको प्रतीक मानिन्छ ।त्यस्तै हरियो वस्त्र लगाउदा प्रकृतिको सम्मानका रुपमा पुजिने बताइन्छ ।हरियो प्रेम र वातावरणको प्रतीक हो । त्यस्तै रातो सौभाग्यको प्रतीक हो । भने पहेलो पवित्रताको प्रतीक मानिन्छ । साउन महिनामा ब्रतृ बस्नु  र हातमा मेहेन्दी लगाउनु एक हिसाबले राम्रो कुरा पनि हो । हातमा मेहन्दी लगाउदा पुरना हातका छाला जान सहयोग गर्ने अनि साउन सोमबार हप्ताको एक दिन ब्रत बस्दा राम्रो हुने विज्ञानले पनि पुष्टि गरेको छ कि स्वस्थ्य मानिस हुन हप्तामा एक दिन ब्रर्त बस्दा आफ्नो स्वास्थ्य लाई फाइदा नै गर्दछ । यसवर्षको साउन महिनामा पनि ५ वटा सोमबार परेको छ ।