Indrenionline.com

फरार अभियुक्त पक्राउ ४ वर्षपछि पक्राउ

रेखा मगर
दाङ, २४ साउन
दाङ प्रहरीले फरार अभियुक्तलाइ झण्डै ४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सजाय तोकिएका जिल्ला दाङ लक्ष्मीपुर ६ भानपुर चोक बस्ने २६ वर्षका गोपाल बिक रहेका छन ।dang adalat

विकलाई दाङ देउखुरी जिल्ला अदालतले २०६९ मंसिर २५ गते कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सजाय सुनाएको थियो ।

अभियुक्त गोपाललाई जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट खटिएको बिशेष प्रहरी टोलीले आज पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

उनलाई आवश्यक कार्वाहीको लागी अदालतमा पठाईएको एसपी सिंहले वताउनुभयो ।।