दाङ, २४ साउन
दाङ रामपुर बालीम खोलाका अशक्त वृद्ध दम्पत्तिको लागी सहयोग उठ्ने क्रम जारी रहेको छ । आइतवार घोराहिस्थित ग्लोबल आइएमइ मा कार्यरत ११ जना कर्मचारीले उनीहरुको आवास निर्माणका लागी १५ रुपैया नगद सहयोग गरेका छन ।
कर्मचारीहरुले स्वऐच्छिक रुपले जम्मा गरेको उक्त रकम ब्रान्च म्यानेजर बसन्त रेग्मीले आवास निर्माणका लागि सँयोजन गरिरहनुभएका बिद्यार्थी नेता प्रकाश शाहीलाई हस्तान्तरण गर्नुभएको हो ।
केहि दिन पहिले शाीले जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गर्नुभएपछि र सन्चारमाध्यममा ति वृद्ध दम्पत्तिक वारेमा समाचार पढेपछि सहयोग गर्नेहरु वढेका छन ।
हिजो मात्रै नयाँ शक्ति दाङले ३ हजार १ सय रुपैयाँ सहयोग गरेको थियो । यसैविच दाङ निर्माण व्यवसायी संघका महासचिव शोकवहादुर रोकाले ५ हजार रुपैया सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको शाहीले वताउनुभयो ।।