
गएको महिना भएको असफल सैनिक कुको विरोधमा स्थानबुलमा भएको प्रदर्शनमा राष्ट्रपति एर्डोगानले फाँसीको सजायको व्यवस्था फेरि बहाल गर्ने संकेत गर्नु भएको हो ।
गएको जुलाई १५ मा भएको असफल सैनिक कुको विरोधमा स्थानबुलमा हजारौं मानिसको सहभागितामा प्रदर्शन भएको हो । प्रदर्शनलाई राष्ट्रपति एर्डोगानसहित विपक्षी दलका नेताले पनि सम्बोधन गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । सैनिक कुको प्रयासको क्रममा दुई सय ७० भन्दा धेरैको ज्यान गएको थियो ।
टर्की सरकारले सत्ता हत्याउने प्रयास गर्ने व्यक्ति विरुद्ध कडा कारबाही अभियान चलाएको छ । अमेरिकामा बस्दै आएका टर्कीका धर्मगुरु फतेहुल्लाह गुलेका हजारौं समर्थक पक्राउ गरेका छन् । टर्की सरकारले असफल सैनिक कुमा गुलेको हात रहेको बताउँदै आएको छ । तर गुलेनले भने आरोप अस्वीकार गर्दै आउनुभएको छ । टर्कीमा सन् १९८४ सम्म फाँसीको सयाजको व्यवस्था कायम थियो ।