घोराही, ७ बैशाख ।
घोराही नगरपालिका वडा नं. ६ रझेनास्थित उच्चमावि रझेनाको विद्यालय व्यवस्थापन समिति चयनका लागि निर्वाचन हुने भएको छ । दलिय सहमतिका आधारमा विद्यालय व्यवस्थापन समिति चयन गर्ने प्रयास अघि बढेपनि राजनीतिक दलका बीचमा सहमति हुनन सक्दा निर्वाचनको प्रक्रिया अघि बढेको विद्यालय व्यवस्थापन समितिका सदस्य भरत अर्यालले जानकारी दिनुभयो ।

यस्तै अन्यदलका तर्फबाट अध्यक्षमा प्रकाशपुन, महिला सदस्य अमृताविक, सदस्यमा पञ्चाराम नेपाली र शेरवहादुर पुन मगर हुनुुहुन्छ । निर्वाचन यहि बैशाख १३ गतेका दिनहुने कार्यतालिका बनाइएको विद्यालयका प्रधानाध्यापक उद्दव न्यौपानेले जानकारी दिनुभयो ।।