देउखुरी २३ साउन । देउखुरीको सिसहनियाँमा साउन २८ गते अन्र्तराष्ट्रिय युवा दिवस मनाइने भएको छ । विहानी रेडियो स्रोता समुह लठ्ठहवाको हालै सिसहनियाँमा भएको बैठकले साउन २८ गते परेको अन्तराष्ट्रिय युवा दिवस सिसहनियाँमा भव्य रुपमा मनाउने निर्णय गरेको हो ।
त्यसैगरी जनप्रिय रेडियो स्रोता समुहको बैठकले पनि साउन २८ गते परेको अन्तराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको छ । बैठकले विहानी रेडियो स्रोता समुह, सिसहनियाँ युवा सञ्जाल र गाविस सँग समन्वय गरी युवादिवस मनाउने निर्णय समेत गरेको छ । बैठकको सहर्जीकरण सामुदायिक सञ्चारकर्मी ओमप्रकाश गुप्ता र सामाजिक अनुसन्धानकर्ता सिता चौधरीले गरेकीथिइन ।