Indrenionline.com

सद्भावना पाटीले ग¥र्यो पत्रकार महासंघ सप्तरीको भवन कब्जा

सप्तरी, २३ साउन 
मधेसी मोर्चा आबद्ध नेपाल सदभावना पार्टीले सप्तरी जिल्लास्थित नेपाल पत्रकार महासंघको भवन कब्जा गरेको भन्दै महासंघ पदाधिकारी गुहार माग्न काठमाडौं पुगेका छन् । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले कब्जा गरेको नेपाल पत्रकार महासंघ सप्तरीको भवन राजविराजस्थित पत्रकार महासंघको नवनिर्मित भवनमा महासंघको कार्यालय सर्न नपाउँदै सदभावना पार्टीले अनधिकृत रुपमा कब्जा जमाएको हो ।FNJ-Saptari-Building

मधेसी मोर्चाले यसअघि आन्दोलनका बेला त्यहाँका पत्रकारलाई धम्की दिँदै आएको थियो । मोर्चाको धम्कीकै कारण महासंघका जिल्ला अध्यक्ष प्रकाश खतिवडा सहितका पदाधिकारीले केही समय जिल्ला छाड्न बाध्य भएका थिए । यसैबीच नेपाल पत्रकार महासंघले कार्यालय भवन राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले अनधिकृत रुपमा कब्जा गरेको भन्दै आपत्ति जनाएको छ ।

महासंघका महासचिव उजिर मगरले कब्जा कार्यालय त’?न्त छाड्न ध्यानाकर्षण गराएका छन् . महासंघले विज्ञप्ति जारी गरी सो घटनाको सत्य तथ्य छानविन गरी दोषीमाथि कारवाहीको माग समेत गरेको छ । महासंघ भवन कब्जा भएकोमा जिल्ला शाखाले बिरोध जनाएको थियो ।।