Indrenionline.com

स्वर्गीय पत्रकार अर्जुन महराप्रति श्रद्धाञ्जली अर्पण

दाङ, २३ साउन
रक्तक्यान्सरका कारण निधन भएका स्वर्गीय पत्रकार अर्जुन महराप्रति नेपाल पत्रकार महाँसं दाङले श्रद्धाञ्जली अर्पण गरेको छ । उहाँको घर देउखुरी लमही रातोडाँडामा पुगेर महाँसंघको टोलीले महराप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।

महाँसंघका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्य सहित जिल्लामा क्रियाशिल पत्रकारहरु उहाँको घरमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन ।

रेडियो मध्यपश्चिममा कार्यरत रहनुभएका महराको काठमाण्डौको क्यान्सर अस्पताल हरीसिद्धीमा उपचारको क्रममा निधन भएको थियो । २२ वर्षका महरा रक्तक्यान्सर, हडडीमा समस्या र निमोनियाँवाट ग्रसित हुनुहुन्थ्यो ।।