Indrenionline.com

भारतीय नागरिकलाई पनि सहिद घोषणा गर्न मोर्चाको माग

काठमाण्डौ, २३ साउन
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका क्रममा मारिएका भारतीय नागरिकलाई पनि सहिद घोषणा गर्न सरकारसँग माग गरेको छ । मधेस आन्दोलनका क्रममा वीरगन्जमा भएको झडपका क्रममा आशिष रामको मृत्यु भएको थियो । उनी रक्सोलका भारतीय नागरिक हुन् ।index

प्रचण्ड सरकारले हालैमात्र मधेस आन्दोलनका क्रममा मारिएकाको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । साथै गृह मन्त्रालयले तयार पारेको मृतकको सूचीमा छुटेकाहरुको नाम दिन मधेसी मोर्चालाई भनेको छ ।

मधेसी मोर्चाका नेता एवं सद्भावना अध्यक्ष राजेन्द्र महतोले सहिद घोषणाका लागि छुटेकाहरुको सूचीमा आशिष रामको नाम पनि राखिने बताउनुभयो । राणा शासनविरुद्धको आन्दोलनका क्रममा जोगबनीमा मारिएका भारतीयलाई सहिद घोषणा गरिएको भन्दै महतोले अब मधेसी मोर्चाले सरकारलाई बुझाउने मृतकहरुको सूचीमा भारतीय नागरिक आशिष रामको पनि नाम समावेश गरिने उल्लेख गर्नुभयो ।।