दाङ, श्रावण २३ । राप्ती अंचलस्तरीय नृत्य प्रतियोगिता उन्सर्ग डान्सिङ स्टार ३ को शनिबार घोराहीमा भएको विशेष राउण्डबाट ४२ जना सेमी फाइनल राउण्डमा छानिएका छन् । छानिनेहरुमा अभिसा शर्मा, विनिता पुरी, मनोज श्रेष्ठ, दक्षिणा सिंह, सिर्जना डांगी, कृति न्यौपाने, पुष्पाञ्जली नेपाली, सन्ध्या अधिकारी, सपना भण्डारी, बबिसा बस्नेत, सोनिया बस्नेत, वर्षा सेन ठकुरी, गोपाल लहरे, सुप्रीया पाण्डे, सुशान्त वली, करिना डांगी, सुप्रिया देवकोटा, प्रतीक्षा डिसी, नरेन्द्र चौधरी, कमला विक, पार्वती बुढा, सुनील वि.क, सरु गुरुङ, जेलिसा चौधरी, सुष्मिता वली, यशु चौधरी, प्रभा अधिकारी, मेलिसा पुन, रुपा बस्नेत, स्नेहा अधिकारी, नेहा न्यौपाने, यमुना न्यौपाने, अनुसा पुन, निर्मला पुन, ममता जीएम, तारा गिरी, शर्मिला विक, रवि चौधरी, शिवा चौधरी, समीक्षा रिजाल, स्मृति आचार्य रहेका छन् । सेमाी फाइनल श्रावण २९ गते घोराहीमा हुने भएको छ ।