शान्त कुमार वुढा मगर
घोराही, ७ बैशाख
राजपुर गाबिस ९ खिड्की नाकाका अग्नि पिडितहरुले हिजो केही राहत सामग्री पाएका छन् । चैत्र २८ गते भारतिय भूमिबाट आएको डढेलोले खिड्कीका ११ घरहरु जलेर नष्ट भएपछि त्यहाँका अग्नि पिडितहरु भोकै बस्नुपर्ने अबस्था आएको थियो ।

वन समुहका अध्यक्ष प्रेमलाल बुढाको नेतृत्वमा गएको समुहले ६ क्विन्टल चामल, ४८ किलो आलु, ५० किलो गोभी, १२ लिटर खानेतेल र १२ किलो नुन गरि २६ हजार १ सय रुपैयाँ बराबरको खाद्यान्न पिडितहरुलाई बितरण गरिएको त्यहाँबाट अमृत खड्काले जानकारी दिनुभएको छ ।
यसैबिच आईएनएफ र एसटिएन टिभीले जुटाएको खाद्य र गैरखाद्य सामाग्रिहरु पनि खिड्कीका अग्नि पिडितलाई वितरण गरिदै छ । सो संस्थाहरुले खाद्यान्न सहित लत्ताकपडा र भाडाकुडा सहित पिडितको बस्तीमा गएका हुन ।
यस अघि जिल्ला दैवि प्रकोप उद्धार समितिको ५ हजार र जिल्ला बिकास समितिको एक हजार गरि प्रति परिवार ६ हजारका दरले पितिडलाई राहत बितरण गरिएको थियो । भौगोलीक बिकटताका कारण राहत पु¥याउन समस्या भएको छ । अहिले पनि पिडितहरु गोठ, रुखमुनी र बासीमा बस्दै आएका छन् ।।