घोराही २३ साउन
१६ औं अन्तर्राष्ट्रिय युवा दिवशको अवसरमा यहि २७ गते लैङ्गिक हिंसा बिरुद्ध म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ । सीप रोजगार तथा चेतनाका लासी सामाजिक संस्थाले साथि संस्थाको सहयोगमा म्याराथनको आयोजना गर्न लागेको हो । 
सीसा नेपालका केन्द्रिय अध्यक्ष साजिदा सिद्धिकिका अनुसार २७ गते बिहान ८ बजे सहिद गेटबाट सुरुहुने ¥यालीमा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा रहनेछ । यसैविच, कार्यक्रममा उपस्थितिका लागि सम्पुर्णमा अपिल समेत गरिएको छ ।
“महिलाको सम्मान गरौं असल पुरुष बनौ”,“महिला हिंसा अन्त गर्न पुरुष संगको हातेमालो” भन्ने संदेश सहित सहिद गेटबाट म्याराथुन सुरु हुनेछ ।।