कुसुम बिक/ बर्दिया
साउन, २२ । वैदशिक रोजगार तथा अन्य शिलशिलामा विदेशमा बस्ने नेपालीहरुले आफ्नो संस्कार र संस्कृति विर्सिएको र वैवाहिक सम्बन्ध पनि गैर नेपालीहरुसँग कायम गर्ने गरेकोले अन्तर संस्कृतिका कारण पारीवारिक बेमेल भैरहेको अवस्थामा बर्दियाको घरेलु तथा साना उद्योग कार्यालयमा विधिवत दर्ता गरी शुरु गरिएको अनलाईन विवाह सेवा नेपाली विवाह डट कमको सांगितीक प्रचारात्मक सामग्रीको आज सदरमुकाम गुलरियामा लोकार्पण गरिएको छ ।
कार्यक्रममा आफ्नो धारण राख्नुहुँदै सहभागी शिवु ज्ञवालीले यस प्रकारका अनलाइन सेवाले परसंस्कृतिग्रहणको पाटोलाई न्यूनीकरण गर्दै विदेशमा भएका नेपालीहरुलाई आफ्नै रहनसहन र संस्कृतिमा रमाउन र विशुद्ध नेपाली परिवारको संरचनालाई निरन्तरता दिनका लागि अत्यन्तै महत्वपूर्ण योगदान दिने कुरा बताउनुभयो । कार्यक्रममा अन्य वक्ताहरुले नेपाली विवाह डट कम अत्यन्तै लाभदायक र खासगरी विदेशमा रहेका नेपालीहरुका लागि आप्mनो मन मिल्दो जीवनसाथी खोज्नका लागि सहयोगी हुने कुरा औंल्याएका थिए । कृष्णसार पाठक मञ्चका संयोजक एवम् कार्यक्रमका अध्यक्ष अयोध्याप्रसाद श्रीवास्तवले यस अनलाईन आधिकारिक र कानुन सम्मत दर्ता गरेर सञ्चालनमा ल्याइएकोमा पूर्ण रुपमा विश्वसनीय रहेको र यसको उपयोगका लागि प्रचारप्रसार गरिदिनका लागि गर्नुभएका थियो ।
कार्यक्रमको नियमित श्रृंखला अन्तर्गत प्रकाश पौडेल र प्रेम प्रसाद अधिकारीले विशेष प्रस्तुती राख्नुभएको थियो भने अन्य सहभागी विद्वतवर्गहरुले देह व्यापार तथा अपांगता सम्बन्धी समसामयिक विषहरुमा चर्चा गर्नुभएको थियो ।