इन्द्रेणी संवाददाता
घोराही, ७ बैशाख ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य तुकमान पुनमगर र पूर्व केन्द्रीय सदस्य उदयवहादुर डाँगीले सो संगठन त्याग गर्नुभएको छ । सोमबार संयुक्त विज्ञप्ती प्रकाशित गरेर उहाँहरुले सो संगठन त्याग गरेको घोषणा गर्नुभएको हो ।

उहाँहरुले आफूहरु निजामति कर्मचारी संगठन निर्माणको क्रममा स्थापनाकालदेखि विभिन्न जिल्लाहरुमा अध्यक्ष, केन्द्रीय प्रतिनिधि र सल्लाहकारको पदमा रहेर संगठनको काममा अहोरात्र खटेको उल्लेख गर्नुभएको छ ।
डाँगी र पुनले नेपाल राष्ट्रिय कर्मचारी संगठनले कर्मचारीहरुको हक हितमा काम गर्न सक्दछ कि भनेर लागेको भएपनि लामो समय देखि माग भएको निजामति कर्मचारीहरुको राष्ट्रिय स्तरको टे«ड युनियनको निर्वाचनमा आफ्नै सहमतिमा घोषणा गरिएको अवस्थामा उमेदवारी समेत दर्ता नगरी प्रतिष्पर्धिहरुलाई नै टेवा पुग्ने गरेर कर्मचारीहरुको भावनाको वेवास्ता गरेकाले सो संगठन त्यागेको बताउनुभएको छ ।
उहाँहरुले नेपाल निजामति कर्मचारी संगठनमा निःशर्त प्रवेश गर्दै आगामी बैशाख १० गतेका दिन हुने नेपालका निजामति कर्मचारी संगठनहरुको राष्ट्रिय स्तरको ऐतिहासिक टे«ड युनियनको निर्वाचनमा निजामति कर्मचारी संगठनमा मतदान गरी अत्यधिक मतले जिताउन पनि आग्रह गर्नुभएको छ ।।