Indrenionline.com

वर्तमान सरकार विदेशीको इसारामा बनेको हो – आधार

सल्यान, २२ साउन
विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रिय सदस्य मोहलाल चन्द आधारले वर्तमान सरकार विदेशीको इसारामा बनेको बताउनुभएको छ । विप्लव माओवादी शारदा नगर कमिटीले सल्यान खलंगामा गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै आधारले भारतको सहारामा बनेको सरकारले कुनैपनि नयाँ काम नगर्ने उल्लेख गर्नुभयो । संसदिय व्यवस्थामा वर्तमान समस्याको समाधान नहुने र त्यसको विकल्पमा एकिकृत क्रान्ति जन्मिएको उहाँको भनाइ छ ।DSC_0101

खलंगाको बालमन्दिरमा आयोजित एकिकृत जनक्रान्ति, सल्यान र हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा उनले अहिले गाउ र शहरको खाडल पुरिएकाले एकिकृत क्रान्तिको आवश्यकता भएको बताउनुभयो ।

हिजोको जस्तो वर्ग नभएको भन्दै आधारले अहिले नयाँ वर्गको जन्म भएको र त्यसलाई पनि समेटेर लिनको लागि एकिकृत क्रान्तिको विकास भएकोले सबैलाई समेटेर जानेमा जोड दिनुभयो ।

भ्रष्टाचारीलाई कार्वाही गर्नेगरी गतिविधि गरिरहेको भन्दै उनले माओवादीले सबै वर्गलाई समेट्नका लागि नयाँ विचार जन्मिएको जिकिर गर्नुभयो ।।