अमर क्षितिज
दाङ, २२ साउन
त्रिपुर नगरपालिका १० तेघरा नयाँबस्तीमा स्थानिय बासिन्दाले ५ सय मिटर सडक मर्मत गरेका छन । बर्षाका कारण सडक बिग्रिएर हिड्न पनि नमिल्ने भएपछि स्थानिय ऋषीराज पौडेलको अगुवाइमा त्यहाँ ३५ घर परिवारले सडक मर्मत गरेका हुन ।
स्थानिय बासिन्दाले सडकको दुबै नाल खन्नुका साथै नजिकैको खोलाबाट गिट्टी बालुवा बोकी खाल्डा खुल्डी पुर्ने काम गरेका छन ।
सडक मर्मत गरेपछि स्थानिय बासिन्दालाई आवत जावतमा सुबिधा भएको छ भने हलुका सवारीका साधन पनी चल्न सक्ने भएको छ ।।