Indrenionline.com

सडकमा भौंतारिदै तुलसीपुरका तिलक यादवले भने – ‘खै कहाँ छिन मेरी श्रीमती ?’

दाङ साउन , २२  दाङ । तुलसीपुरका तिलक यादव यतिवेला श्रीमतीको खोजीमा व्यस्त देखिन्छन । संगै बाँचौला, संगै मरौला भनेर नयाँ जीन्दगी सुरु गरेका यादवका श्रीमति सम्पर्कविहिन हुँदा उनको मनमा ठूलै चोट परेको छ । यति मात्र होइन उनको साथमा छोराहरु पनि छन ।

५ वर्षका छोरा समीरले रातिमा आमा भन्दै वोलाउँदा र खोज्दा उनलाइ असह्यै पीडाको महसुस हुन्छ । उनी त्यतिवेला झन वढि श्रीमतीको अभाव महशुुस गर्छन । जतिवेला छोराहरुले आमाको ममता खोज्छन । तुलसीपुर–९ नयाँबस्तीका तिलक यादवले यहि साउन ९ गतेदेखी हराइरहेकी श्रीमति खोजिदिन सवैसंग आग्रह गर्नुभएको छ ।

२७ वर्षिया सीता नेपाली घरबाट सम्पर्कविहिन भएपछि तिलक मात्र होइन उनका सन्तान पनि समस्यामा छन । सम्पर्कविहिन श्रमिति भेटिन्छिन कि भने तुलसीपुर वजारमा भौतारिरहनुभएको छ तिलक । आमा नभएपछि २ वटा छोराहरु रातमा आनन्द मनले सुत्न नकसेको तिलकको भनाइ छ ।
मजदुरी गरेर गुजारा चलाएका तिलकले काम नगर्दासम्म भात पाक्न गाह्रो छ । आजकाल झनै समस्या थपिएको उहाँमा । मामका लागी काम जाउँ कि श्रीमती खोजु ? उहाँले श्रीमती सीतालाइ भेट्ने, देख्नेलाइ नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गर्नुभयो ।।