इन्द्रेणी संवाददाता
प्युठान, २२ साउन
प्यूठानमा माइक्रो बसको ठक्करवाट ३ नेपाली सेना गम्भिर घाइते भएका छन । भैरवनाथ गण महाराजगञ्जबाट प्यूठानको खललंगाका लागि पैदल हिडिरहेका नेपाली सेनालाई भालुवाङबाट प्यूठानको दर्भान जाँदै गरेको ना ३ ख ७०३३ नम्बरको माईक्रोले ठक्कर दिएको हो । 
माईक्रोको ठक्करबाट रापेछाप फलासी—३ का ३३ बर्षीय यज्ञप्रसाद पौडेल, धादिङ नौँबिसे—९ का ३५ बर्षीय सेनाका धनकुमार थापा र चितवन नेभौली—५ का २५ बर्षीय अञ्चन महतो गम्भीर घाईते हुनु भएको प्रहरी चौकी दरर्भान प्यूठानका प्रहरी नायव निरिक्षक गणेश गिरीले जानकारी दिनु भएको छ ।
घाईते तीनै जनालाई दरर्भानमा प्राथमिक उपचार पछि थप उपचारका लागि सैनिक हस्पिटल छौनी काठमाडौँ पडाईएको छ । गणका मेजर विकास बानियाँको नेतृत्वमा १ सय २७ जना नेपाली सेनाको टोली प्यूठानको खलङ्गामा तालिमको लागि जाँदै गर्दा ३ जनालाइ माईक्रोले ठक्कर दिएको प्रहरीले जनाएको छ ।।