काठमडौ २२ साउन । के तपाई पत्रकारिता पेसामा आउन चाहनुहुन्छ ? पत्रकारिता पेसा लामो समयदेखि अँगालिरहनु भएको छ रु यदि त्यसो हो भने अब पत्रकार बन्नका लागि निश्चित मापदण्ड तोकिएको परीक्षा पास गर्नुपर्नेछ । परीक्षामा उत्तीर्ण हुनेले मात्र यो पेसामा संलग्न हुन पाउनेछन् ।
सो प्रतिवेदन कार्यान्वयनमा आएपछि अब पत्रकारिता पेसामा आउन चाहने तयाँ आगन्तुक र पेसामा रहेका कार्यरत पत्रकारले समेत काउन्सिलले तोकको निश्चित मापदण्डसहितको परीक्षा उत्तीर्ण गर्नुपर्नेछ ।
काउन्सिलले सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार डा. रामकृष्ण तिमिल्सिनाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गत सालको फागनु १९ गते गठन गरेको थियो ।