कुसुम बिक / बर्दिया
दोधाराचाँदनीमा सुख्खा बन्दरगाहको अध्ययन गर्नका लागि नेपाल–भारतको संयुक्त टोली गठन गरी निर्माण कार्यलाई अगाडि बढाइने भएको छ ।नेपाल–भारत दुवैतर्फ भौतिक संरचना निर्माण गरिने भएकाले दुवै देशका विशेषज्ञ सम्मिलित अध्ययन टोली गठन हुने भएको हो ।
सुख्खा बन्दरगाहाका लागि अध्ययन गर्न दुवै देशका विज्ञ सम्मिलित संयुक्त टोली बनाउने विषयमा इन्टर गभर्मेन्ट कमिटी आइजीसीको बैठकमा समझदारी भइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले बताए ।