Indrenionline.com

दाङमा रगतको अभाब भयको भन्दै तुलसीपुरमा रक्तदान

हिमाल स्काउट ट्रुप तुलसीपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सचार सेवा केन्द्र घोराहीको प्राबिधीक सहयोगमा शुक्रबार हिमाल एकाडेमी तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भयको छ । रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्यले रक्त दानको चर्चा गर्नुभएको थियो । जिल्लामा रगतको अभाव महसुस भएकाले पनि रगत संकलन कार्यलाई संस्थागत गर्दै लगिएको उहाले बताउनुभयो ।

बिधालयका प्रिन्सीपल मधुसुधन केसीले मानबिय सेवामा आफ्नो बिधालय सधैहातेमालो गर्न तयार रहेको भन्दै रक्तदान कार्यक्रम यसको नमुना भयको बताउनु भयको थियो । कार्यक्रममा पत्रकार प्रकाश डाँगी , बिधालयका प्रिन्सीपल मधुसुधन केसी,सन्तोष ढकाल ,सुमन खड्का, चन्द्रकला खड्का, भरत डाँगी, जिबन शर्मा ,राजन थापा, मुकेस कुमार लगायतकाले रक्तदान गर्नु भयको थियो । रक्त सँचार सेवाकेन्द्र घोराहीका प्राबिधीक ठाकुर पौडेलको नेतृत्वमा रहेको टोलीले प्राबिधीक सहयोग गरेको थियो ।

बिद्यालयका स्काउट शिक्षक नबिन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक भिमलाल मरासैनीले गर्नुभएको थियो ।