Indrenionline.com

कांग्रेस नेता खुमबहादुर खड्काले भने – “पत्नीलाई मन्त्री बनाउन देउवालाई दवाव दिएकोछैन”

निशानदाजु भट्टराई/दाङ
साउन २१ । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नी पत्नीलाई जसरी पनि मन्त्री बनाउन प्रस्ताव अहिलेसम्म नराखेको र कुनै दवाव नदिएको स्पष्ट पार्नु भएको छ । उहाले सभापति देउवासंग आफ्नि पत्निलाई जसरी मन्त्रि बनाउन प्रस्ताव राखेको विषयमा सञ्चारमाध्यममा समाचार सार्वजनिक भएको प्रति गम्भिर आपत्ति जनाउदै त्यस्ता समाचारको भ्रममा नपर्न आग्रह गर्नु भएको खड्काका विश्वासपात्र युवा नेता महेश श्रेष्ठले बताउनु भयो ।

लामो समय देखि नेपाली कांग्रेस भित्र लोकप्रियता बटुल्दै आएका कांग्रेसका प्रभावशाली नेता खड्काले पत्निलाई मन्त्रि बनाउन लागेको भनेर आफ्नो विरुद्ध गलत प्रचार गर्न खोजेको आरोप लगाउदै यसमा कुनै सत्यता नभएको उल्लेख गर्नु भयो । ‘मैले पत्निलाई मन्त्रि बनाउन कसैलाई दवाव दिएको छैन, यो भ्रामक कुरा हो, गलतका कुराहरुको पछि नलाग्न सार्वजनिकरुपमा अपिल गर्न चाहन्छु–‘खड्कालाई उदृत गर्दै श्रेष्ठले भन्नुभयो–‘सभापति देउवासंग दुरी बढाउन पार्टि भित्रैका साथिहरुले गलत प्रचार गर्नु भयो, मैले पार्टिका नेता शंकर भण्डारी लगाएतकालाई आफ्नोतर्फवाट मन्त्रि बनाउनका लागि देउवालाई दवाव दिइरहेको छु, यो वाहेक अन्य कुरा मलाई थाहा छैन।’ पार्टि भित्र आन्तरीक सन्तुलन मिलाउनुपर्ने भन्दै महाधिवेसनको वेला भएको सम्झौता अक्षरस पालना गर्न देउवालाई अनुरोध गर्नु भयो । महाधिवेसनकाक्रममा देउवाले आफुलाई उपसभापति बनाउने भनेर सहमति गरेको दावि गर्दै उहाले सहमति यथाशिघ्र कार्यान्वयन नभए पार्टि चलाउन देउवालाई गाह्रो हुने चेतावानि दिनुभयो ।

सहमति कार्यान्वयन नगरेर ढिलाई गरे देउवासंग हिसावकिताव गर्ने तयारीमा खड्का रहेको उनि निकट स्रोत बताउछ । ‘म पदको लागि लोभी मान्छे होइन् , मैले श्रीमतीलाई मन्त्रालय चाहियो भनेर कसैसगँ भनेको छैन् ।बरु म सगँ निकट रहेका केन्द्रिय नेताहरु र सभासद मध्येका साथीहरु समेटियोस् भन्ने कुरा सभापति शेरबहादुर देउवासगँ भएको हो–स्वास्थ्य उपचारका क्रममा ४ दिन देखि भारतमा रहेका प्रभावशाली नेता खड्कालाई उदृत गर्दै विश्वासपात्र श्रेष्ठले भने । गत १३ औं महाधिबेशनमा देउवा र म बिच केहि साक्षी सहित भएका सहमती कार्यनयन होस् भन्ने आफ्नो चाहना रहेको तर पारिवारिक लोभ लालच आफुले नराखेको नेता खड्काले भन्नुभएको छ ।

खड्काले तत्कालिन संबिधान सभाको निर्वाचनमा आफ्ना नेता कार्यकर्तालार्इ पन्छाएको भन्दै श्रीमती शिला शर्मा खड्कालाई दिएको प्रत्यक्ष निवार्चनको टिकट समेत उहाले बहिस्कार गर्नु भएको थियो । त्यस्तो अवस्थालाई नजर अन्दाज गर्दै पार्टीभित्र निकै ठूलो कसरत गरेर समानूपातिक कोटाबाट सांसद बनाउन सफल भएका भन्ने भ्रामक समाचार समेत प्रकाशित गरिएकोमा खड्काले दुख ब्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस भित्र प्रभावशाली नेतृत्वकर्ताका रुपमा चिनिएका नेता खड्का नेपाललाई हिन्दु राष्ट्र कायम गराउन सक्रियरुपमा लाग्दै आउनु भएको छ ।