Indrenionline.com

तुलसीपुरबाट ब्राउनसुगर सहित एक ब्यक्ति पक्राउ

इन्द्रेणी संवाददाता 

तुलसीपुर २१ साउन । जिल्ला प्रहरी कार्यालय दाङले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । ब्राउन सुगरसहित तलसीपुरको जसपुरबाट सोही ठाउ निबासी बिजय बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल्य दाङका एसपी धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।

बस्नेत गाडि चालक रहेको र उनी प्रयोगकर्ता मात्रै भएको हुन सक्ने पूर्व अनुमान गरिएको एसपी सिंहले बताउनुभयो । यसअघि पनि जसपुर क्षेत्रवाट पटक / पटक प्रहरीले ब्राउन सुगर सहित केही ब्यक्तिलाई पक्राउ गर्दै आएको छ ।

साथै प्रहरीले उनी सहित धेरै प्रयोगकर्ता भएको हुन सक्ने भएका आशंको गरेको छ साथै अनुसन्धानलाई तिब्र पार्ने एसपी सिंहले जानकारी दिनुभयो ।