नामिबियाले नेपाल सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा दुई सय ३९ रन बनायो ।
गेरी स्नाइनमल रन नै नबनाइ आउट भए । नेपालका शक्ति गौचन, सन्दिप लामिछाने र बसन्त रेग्मीले समान दुई विकेट लिए । शनिबार भएको खेलमा नामिबियालाई पाँच विकेटले हराएको नेपाल आजको खेल पनि जित्दै विश्वकप छनौट खेल्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
नामिबिया भन्दा अघि खेलेका चार खेलमा हारेको नेपालका लागि विश्वकप छनौटको सम्भावना बलियो बनाउन यो खेल जित्नु पर्ने हुन्छ ।