काठमाण्डौ, ६ बैशाख
निर्वाचन आयोगले ३६ दललाइ आगामी असार मसान्तसम्म महाधिवेशन गर्न निर्देशन दिएको छ । दर्ता भएकामध्ये ३६ दलले तोकिएको समयमा महाधिवेशन नगरेको भन्दै निर्वाचन आयोगले ०७३ असार मसान्तसम्म महाधिवेशन गर्न निर्देशन दिएको हो ।

समयमै महाधिवेशन नगर्नेहरुमा सरकारमा सामेल दलहरु समेत रहेका छन् । उपप्रधानमन्त्री विजयकुमार गच्छादारको पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, शान्तिमन्त्री एकनाथ ढकालको नेपाल परिवार दल लगायतका ३६ दललले लामो समय भइसक्दा पनि महाधिवेशन गरेका छनैनन् ।