Indrenionline.com

माओवादी केन्द्रमा मन्त्री बन्ने नेताहरुमा हानथाप, आकांक्षी बढेपछि प्रचण्डलाई सकस

काठमाडौं २१ साउन ।  प्रचण्ड नेतृत्वको सरकारमा मन्त्रीका बन्नकालागि माओवादी केन्द्रका धेरै नेताहरुले इच्छा व्यक्त गरेपछि प्रधानमन्त्रीकै पार्टीलाई मन्त्री छान्न सकस परेकोछ ।

बिहीबार प्रचण्डको सपथलगत्तै कृष्णबहादुर महरा उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवं गौरीशंकर चौधरी कृषि र दलजित श्रीपाइली युवा तथा खेलकुद मन्त्री नियुक्त भए ।

हेडक्वार्टर बैठकमा प्रचण्डले थारु र दलित प्रतनिधित्व अघिल्लो सरकारमा छुटेको भन्दै अहिले समाबेसी गर्ने भनेर अहिले श्रीपाइली र चौधरी लाइ प्रस्ताव गरेका थिए ।

बैठकमा अर्थमन्त्री का लागि जनार्दन शर्माको नाम पनि प्रस्ताव भएको थियो तर शर्मालाई दाहालले सञ्चारमन्त्री प्रस्ताव गर्ने सम्भावना भएकाले महरालाइ उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी दिने माओवादी हेडक्वार्टरले निर्णय गरेकोथियो ।