भारतसँग सीमा जोडिएका नेपालका ग्रामिण क्षेत्रमा मदिरासेवन गर्न भारतीयको ओइरो लाग्न थालेपछि नेपाली प्रशासनले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । भारतको बिहार राज्यमा मदिरा प्रयोग र विक्रीवितरणमा रोक लगाएपछि भारतीय सुरक्षा अधिकारीले सोको कार्यान्वयनमा सहयोग गर्न नेपाली पइालार्य आग्रह गरेपछि सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो ।
एक रिपोर्ट अनुसार नेपालको झापादेखि नवलपरासीसम्मको सीमासँग जोडिएका बिहार राज्यको मधुवनी, सीतामढी, पूर्वी चम्पारण, सुपौल, किसनगन्ज सहित १३ जिल्लाको ४० हजार बिहारी दैनिक मदिरा पिउन सीमा क्षेत्रको नेपाली भट्टीमा आउने गरेका छन् ।।