Indrenionline.com

जाजरकोटमा सुरु भयो बिधुतिय हाजिरी

इन्द्रेणी संवाददाता 

जाजरकोट, साउन २० । जाजरकोटमा पहिलो पटक बिधुतिय हाजिरी  सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पहिलो पटक विद्युतिय हाजिरी सुरु भएको हो । हिजोदेखि प्रशासन कार्यालयमा विद्युतिय हाजिरी सुरु भएको सहायक प्रमूख जिल्ला अधिकारी जनकराज शर्माले बताउनुभयो ।

बिधुतिय हाजिरी  जडानसँगै कार्यालयमा कर्मचारी समयमा आउने र काम कारवाही छिटो छरितो हुने आशा लिइएको उहाँले बताउनुभयो । जिल्लाका अन्य सरकारी कार्यालयमा पनि यो प्रणाली जडान गर्न सके काम काजमा प्रभावकारीता आउने अपेशा लिइएको उहाँले बताउनुभयो ।।