Indrenionline.com

दाङका डिएसपीले दिएको अभिव्यक्तिप्रति पत्रकार महासंघ दाङको आपत्ति, अभिव्यक्ति सच्याएर माफी माग्न आग्रह

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले सिंगो पत्रकारिता जगतलाई आरोपित गर्दै दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।

महासंघ दाङ शाखाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केसीले २०८३ मंसिर ८ गते दाङको घोराहीमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।

सार्वजनिक मञ्चबाट समग्र पत्रकारिता क्षेत्रको हुर्मत लिने र आम नागरिकमाझ पत्रकारिता पेशाप्रति अविश्वास पैदा गर्ने गरी गैरजिम्मेवार अभिव्यक्ति दिने प्रहरी अधिकारीलाई आफ्नो अभिव्यक्ति सार्वजनिक रुपमै सच्याउन समेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ । यदि समयमै उक्त अभिव्यक्ति सच्याएर माफी नमागेमा पत्रकार महासंघ थप कदम चाल्न बाध्य हुने पनि विज्ञप्तिमा उल्लेख छ ।