काठमाडौँ । आज बिहान ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षति भए नभएको बारेमा हालसम्म कुनै जानकारी प्राप्त भएको छैन ।
