Indrenionline.com

आज काठमान्डु र चितवनको खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल इलिमिनेटरमा आज काठमान्डु गोर्खाज र चितवन राइनोजबीच खेल हुदैछ।

आजको ५ बजे कीर्तिपुर मैदानमा हुने खेलको विजेताले हिजो क्वालिफायर वानमा पराजित सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ। काठमान्डु गोर्खाज लगातार दोस्रोपल्ट प्ले–अफ खेल्दैछ। पहिलो सिजन काठमान्डु आठ अंक बटुलेर पनि लिग चरण काट्न सकेको थिएन।

चितवन राइनोजले सात अंकमै यो टिम यसपल्ट प्ले–अफ पुग्न सफल रह्यो। आफ्नो अन्तिम खेलमा कर्णालीको हातबाट चितवन पराजित रहेको हो। तर यो खेल अगाडि नै चितवनले प्ले–अफ खेल्ने निश्चित भइसकेको थियो । चितवन लिग चरणमा काठमान्डुसँग १० रनले पराजित भएको थियो।