Indrenionline.com

पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मोरङको साविक विराटनगर उपमहानगरपालिका–३ स्थित रिजाल क्यानिङ एण्ड कम्पनी प्रालिको नाममा रहेको हदबन्दी छुटको जग्गा गैरकानुनी रूपमा सट्टापट्टा गरी बिक्री वितरण गरेको आरोपमा अख्तियारले तत्कालीन प्रधानमन्त्री नेपाल, तत्कालीन संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री एवं मन्त्रिपरिषद् सामाजिक समितिका संयोजक डा। मिनेन्द्रप्रसाद रिजालसहित ९७ जनालाई प्रतिवादी बनाएको छ।

उनीहरूविरुद्ध मोरङको रिजाल एन्ड कम्पनीको नाममा ५९ बिघा ९ कठ्ठा १२ धुर जफत हुनुपर्ने जग्गा छुट दिएर भ्रष्टाचार गरेको आरोप छ ।