काठमाडौँ । प्रहरीले नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदीलाई समाचार कक्षबाट पक्राउ गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले सञ्चार गृहमा सादा पोसाकमा प्रहरी प्रवेश गरेको विषयमा नेपाल प्रहरीले जवाफ दिनुपर्ने बताएका छन् ।
रास्वपा प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै खरेलले भने, ‘सञ्चार गृहमा प्रहरी प्रवेश गरेको र पत्रकार नियन्त्रणमा लिएको बारेमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट थाहा पाएका छौं । स्वतन्त्र पत्रकारिताको सम्मान गर्नैपर्छ, हाम्रो पार्टी स्वतन्त्र पत्रकारिताको पक्षमा छ । किन भयो रु के भयो रु भनेर नेपाल प्रहरीले जवाफ दिनुपर्छ ।’
खरेल पूर्वपत्रकार समेत हुन् । शुक्रवार प्रहरीले सुवेदीसहित ३ जना पत्रकारलाई पक्राउ गरेको छ ।
