सल्यान । सल्यानमा विद्यालय जाने क्रममा एक जना छात्राको भिरबाट लड्र ज्यान गएको छ । छत्रेश्वरी गाउँपालिका–२ दमदुरी जंगलमा विद्यालय जाने क्रममा भिरबाट लडेर १४ वर्षीया छात्रा प्रमिला वलीको मृत्यु भएको हो।
छत्रेश्वरी–२ दहगाउँकी ती छात्रा जनता माध्यमिक विद्यालय गुराँसेमा कक्षा १० मा अध्ययनरत थिइन् । प्रमिला बुधबार बिहान करिब ८ बजे विद्यालय जाने क्रममा प्रमिला बाटोबाट लडेर करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
भिरबाट लडेर स्थानीयले अचेत अवस्थामा फेला पारेपछि परिवारलाई खबर गरेका थिए। उपचारका लागि स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
