Indrenionline.com

कांग्रेस महाधिवेशन : आजबाट बन्दसत्र

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आजबाट बन्दसत्र हुँदैछ। आज र भोलि चल्ने बन्दसत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेस हुनेछ। महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।

बन्दसत्रमा पेस गर्ने प्रतिवेदनउपर छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमै बस्दैछ। यस्तै मतदाताका लागि आजनै नामावली प्रकाशन हुँदैछ। बेलुका ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ। ५ देखि साढे ६ बजेसम्म मतदाता नामावली प्रकाशनविरुद्ध दावी विरोधको समय तोकिएको छ। दावी विरोधउपर जाँचबुझका लागि साढे ६ देखि साढे ७ बजेसम्मको समय तोकिएको छ।

यस्तै मतदाताको अन्तिम नामावली प्रकाशन साढे ८ बजे हुने नेपाली कांग्रेस निर्वाचन समितिले बताएको छ। मंगलबार बिहान मनोनयन दर्ताका लागि समय तोकिएको छ। मतदान भने बुधबार बिहानदेखि हुने छ।