दाङ । दाङमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १०० रुपैयाँ प्रतिकिलो चिनी विक्री वितरण गरिरहेको छ । चाडपर्व लक्षित सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएर कर्पोरेसनले सुपथ मूल्यमा चिनी विक्रीवितरण गरेको हो ।
साल्ट ट्रेडिङले घोराहीमा घोराही १५ मा रहेको कर्पोरेसनको कार्यालयबाटै र तुलसीपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट सुपथ मूल्यमा चिनी र नुन विक्री वितरण शुरु गरेको छ । कम्पनीले यही असोज १ गतेदेखि कार्तिक ३१ गतेसम्मका लागि चिनी प्रतिकिलो १०० रुपैयाँ र चुन प्रतिकिलो २४ रुपैयाँको दरले विक्री वितरण गरेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीका प्रमुख रामबाबु प्रसाद गुप्ताले बताए ।
साल्ट ट्रेडिङले सो सुपथ मूल्यको चिनी र नुन प्रतिव्यक्ति ६÷६ किलो उपलव्ध गराउनेछ । बजारमा चिनीको मूल्य प्रतिकिलो १३० रुपैयाँ छ भने नुनको मूल्य प्रतिकिलो २६ रुपैयाँ छ ।
