Indrenionline.com

शान्ति सुरक्षाको माग गर्दै पूर्वप्रधानन्यायाधीश जबराले दिए प्रहरीमा निवेदन

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो र परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन माग गर्दै प्रहरीमा निवेदन दिएका छन् ।

छोरा सचिन्द्र शमशेर जबरामार्फत आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा उनले निवेदन दिएका हुन् । निवेदनमा देशको पछिल्लो अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका शान्ति सुरक्षासँग सम्बन्धित विषयका कारण आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशीलसिंह राठौरले पनि जबराले निवेदन दिएको पुष्टि गरेका छन् । शनिबार राति ३ बजेतिर जबरालाई प्रहरीले नियन्त्रणमा दिएको थियो भने उनलाई करिव १० घण्टापछि आफन्तीको जिम्ममा लगाइएको थियो ।