दाङ । दाङ जिल्ला उधोग वाणिज्य संघको यही असोज ११ गते नै हुने भएको छ । संघका सल्लाहकार समिति संयोजक नारायण प्रसाद भुसालको अध्यक्षतामा बुधवार पूर्वअध्यक्षहरू, निवर्तमान अध्यक्ष र उम्मेदवारहरूसहितको बसेको बैठकले संघको निर्वाचन तोकिएकै समय असोज ११ गते गर्ने निर्णय गरेको हो ।
निर्वाचन समिति सयोजक अधिवक्ता मणिराज आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालयले नियमानुसार निर्वाचन गर्नु भनेकाले सोही अनुसार निर्वाचन प्रक्रिया अघि बढ्ने छ ।
एक वाणिज्य उपाध्यक्षका उम्मेदवार र एक सदस्यका उम्मेदवारले निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाउदै मंगलवार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालय दाङले बुधवार मात्रै कानुन सम्वत् र संघको विधान अनुसार निर्वाचन बनाउन पत्र पठाएको थियो ।
जिल्ला प्रशासन कार्यालय दाङबाट पत्र पाएपछि संघका अध्यक्ष बसन्त जोशीले संघको तर्फबाट निर्वाचन समितिलाई निर्वाचन प्रक्रिया स्थगन गरिदिन अनुरोध गर्दै पत्र लेखेका थिए ।
