Indrenionline.com

त्रिपुरेश्वर बस आगजनी : घाइते चालकको मृत्यु

काठमाडौं । त्रिपुरेश्वरस्थित राहादानी विभाग अगाडि बसमा आगो लाग्दा गम्भीर घाइते भएका २५ वर्षीय चालक अर्जुनदावा लामा मृत्यु भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि यातायातको बसमा सोमवार दिउँसो आगजनी भएको थियो । घटना हुनुभन्दा केही मिनेट अघि चालकको ट्राफिक प्रहरीसँग विवाद भएको खुलेको छ । विवादका क्रिमामा आफ्नो गल्ती नभएको र कारवाही नभोग्ने बताएका थिए ।

ट्राफिक प्रहरीसँग विवाद भएपछि चालकले आफै बसमा आगजनी गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएको थियो । घटनाको छानविन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेशकुमार बस्नेतको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरेको छ ।