रुकुम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा चालकसहित एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । यो समाचार तयार पार्दासम्म भने मृतकहरुको परिचय खुलेको छैन ।
प्रहरीका अनुसार दुर्घटनामा नौ जना घाइते भएका छन् । जसमा चार जना गम्भीर र थप पाँच जना मध्यम घाइते छन् । आइतबार बिहान सवा ८ बजेतिर जिल्लाको सानीभेरी गाउँपालिका – ६ कोट बाट खलंगा तर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको डबल क्याप जिप भीरबाट झन्डै १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
